Section 88
लेखापरीक्षण सम्बन्धमा आदेश दिन सक्ने
(१) यस ऐन वा अन्य प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि लेखापरीक्षकको प्रतिवेदन प्राप्त गरेपछि प्राधिकरणले आवश्यक ठानेमा बीमकको लेखापरीक्षकलाई देहायका थप कार्य गर्न आदेश दिन सक्नेछ:-

(क) लेखापरीक्षण सम्बन्धमा प्राधिकरणले आवश्यक

ठानेको अतिरिक्त जानकारी पेश गर्न, (ख) कुनै खास विषयमा प्राधिकरणले तोके बमोजिम वा बीमकलाई सिफारिस गरे बमोजिम अन्य जाँच गर्न।

(२) उपदफा (१) बमोजिम पुन लेखापरीक्षण गराउँदा

लागेको सम्पूर्ण खर्च सम्बन्धित बीमकले व्यहोर्नु पर्नछ।